Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


भीम रावललाई प्रश्न, ‘हार्ने जान्दाजान्दै किन लड्न लाग्नुभाको ?’


0
Shares

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा डा. भीम रावल र केपी शर्मा ओलीबीच प्रस्तिपर्धा हुँदैछ ।

राति ९ बजे हुने मतदानअघि अध्यक्षमा प्रत्यासी रावललले आफ्नो प्रचारलाई आक्रमक बनाउनुभएको छ । उहाँले महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरुसँग भोट मागिरहनुभएको छ भने सहयोगीले पर्चा बाड्दै हिडिरहेका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएसँगै रावललाई मिडियाले पनि उत्तिकै घेरेका छन् । यसैबीच सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफूले अध्यक्ष जिते पार्टीलाई बहुमत ल्याउने स्तरमा पुर्याउने दाबी गर्नुभएको छ ।

डा. रावलले प्रतिनिधिको अधिकारलाई कुण्ठित नगर्न सञ्चारकर्मी र अन्य नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभभयो ।

सञ्चारकर्मीको ‘हार्ने जान्दाजान्दै किन लड्न लाग्नुभाको ?’ भन्ने प्रश्नको जवाफमा रावलले भन्नुभयो, ‘हाम्रा प्रनिनिधिहरुको अधिकारलाई कुण्ठित गर्न मिल्दैन, प्रतिनिधिहरु सार्वभौम हुनुहुन्छ, उहाँहरुले मत दिनुभयो भने मैले पनि जित्न सक्छु, उहाँहरुको अधिकारलाई सम्मान गर्नुपर्छ ।’

हारजितको सन्दर्भ प्रनिनिधिको हातमा भएको बताउँदै उहाँले दुई दिनसम्म दिनभर प्रतिनिधिहरुलाई दुःख दिएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधिलाई दिनभरी बेकामे राख्ने र रात परेपछि बैठक राखेर सुत्न नदिने प्रवृत्तिको मैले आलोचना र विरोध गर्दै आइरहेको छु,’ उहाँले भन्नुभयो, ‘महाधिवेशनमा आएपछि प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ ।’