Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


ललिता निवास प्रकरणमा सीआइबी प्रतिवेदन : किर्ते र ठगीमा संलग्नलाइ कारबाही सिफारिस


0
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसनन ब्युरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिनाको घटना अनुसनन गरेको सीआइबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्रिका नाममा दर्ता भएको निष्कर्ष निकालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा  उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।