२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


एमाले महाधिवेशनमा बन्दसत्र नभइ ओली सेसन चलिरहेको छ : गगन थापा


0
Shares

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताउनु भएको छ ।

आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेता थापाले उक्त टिप्पणी गुर्नभएको हो । उहाँले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिष्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो । उहाँले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप समेत लगाउनुभयो ।

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने समेत बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताउनु भयो ।

नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।