५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सार्वजनिक शिक्षा सुधारकोे खाँचो : शिक्षामन्त्री पौडेल


0
Shares

बागलुङ, मंसिर १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार र निजी शिक्षालाई नियमन गर्नेतर्फ गएको बताउनुभएको छ ।

गृह जिल्ला बागलुङ पुग्नु भएका मन्त्री पौडेलले आइतबार बिहान प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको बताउनुभयो ।

दलहरु आन्तरिक निर्वाचनमा केन्द्रित भइसकेको र मुलुक आगामी निर्वाचनमा जान लागेको बताउँदै उहाँले सरकारको व्ययभार कम गर्न तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने आफ्नो तर्क रहेको बताउनुभयो ।