Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


ओलीलाई ‘सर्वाधिकार’


0
Shares

काठामडौं । विधान महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेजको मर्मविपरीत एमालेले अभ्यक्ष केपी ओलीलाई नेतृत्व छान्ने जिम्मेवारी सम्पेको छ । जब कि गत १५ १७ असोजसम्म चलेको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा ‘नीति, विधि र नेतृत्व’ निमार्णमा पर्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसक्तालाई प्रत्याभस्त गर्नेु उल्लेख छ ।

शनिबारको बन्दसत्रले नयाँ नेतृत्वका लागि नाम प्रस्ताव गर्ने जिम्म ओलीलाई सुम्पेको हो । हलबाट आफूले पाएको अधिकार प्रयोग गर्दे ओलीले आइतबार १९ पदाधिकारीसहित तीन सय एक केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्य निर्वाचत गर्ने प्रस्ताव पेस गर्नेछन् ।

अधिकार लिएसँगै ओली सहमतिको प्रस्तावको गृहकार्यमा छन् । आफ्नै समूह दशबुँदे सहमतिको जगमा पार्टीमा रहेका नेताहरु र पूर्वमाओवादीलाई मिलाएर सन्तुलित नेतृत्व प्रस्ताव हुने ओलीनिकट नेताहरुको दाबी छ । पछिल्लो निर्णयले एमालेको अबको नेतृत्व मतदानबाट चयन हुने सम्भावना भने कमजोर भएको छ । ओली आफैं महाधिवेशनबाट पुन अध्यक्ष बन्ने तयारीमा छन् ।

बन्दसत्रबाट ओलीलाई अधिकार सुम्पेकोमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका दाबेदार घनश्याम भुसालले भने आपत्ति जनाएका छन् । अध्यक्षमण्डलका तर्फबाट उपमहासचिव विष्णु पौडेलले राखेको त्यस्तो प्रस्ताव अधिकांश प्रतिनिधिले समर्थन जनाएपछि हलबाट पारित भएको थियो । तर, पार्टी विधान र प्रक्रियाविपरीत अध्यक्षलाई अधिकार दिइएको भन्दै उपाध्यक्ष रावल र उपमहासचिव भुसालले उठेरै विरोध जनाएका थिए । रावलले अध्यक्षमण्डलमा सहमति नभई प्रस्ताव पेस भएको बताए ।

याँ पत्रिका