Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


कुकुरले मान्छे टोके समाचार बन्दैन….तर गोप्ताङ्गमै टोके नि !


0
Shares

प्युठान । चाल्स एन्डरसन डानाले २ सय बर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए–‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’

तर उनले कहाँ टोक्यो भनेचाहिं कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिं लेखेनन् ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषयमा मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ ।

सन्तोस केसी अहिले १५ बर्षका भए । कुकुरले उनको लिङ्ग सात महिनाको हुँदा फेदैदेखि खाइदियो । केसी जब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो ।

गरिब केसी परिवार यसबेला सहयोगको याचना गर्दै चारैतिर हात फिंजाइरहेका छन् ।

छोराको उपचारका लागि आर्थिक अभाव भएपछि आमा विजुली केसीले सबैसँग सहयोगको आग्रह गर्दै भनिन–‘उपचारका लागि धेरै ठाउँमा धायौं तर खर्च नै धेरै भन्छन् ।’

सन्तोसको अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सम्पन्न भएको छ । –नेपाल समाचारपत्र दैनिकबाट

Skip This