नारायणीतीरमा एमालेको कुम्भमेला « Image Khabar


नारायणीतीरमा एमालेको कुम्भमेला



काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सु हुँदैछ । चितवनको नारायणी नदीको किनारमा उद्घाटन गरेर सौराहामा हुने बन्दसत्रले पाँच वर्षका लागि सौराहामा हुने बन्दसत्रले पाँच वर्षका लागि नयाँ नेतृतव चयन गर्नेछ ।

तीन दिन (१२ मंसिर) सम्म चल्ने महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा देशभरबाट पाँच लाखभन्दा बढी नेता कार्यकर्ता चितवनमा उतार्ने एमालेको दाबी छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुले पार्टी विभाजन गरी एकीकृत समाजवादी गठन गरेको तीन महिनापछि प्रमुख प्रतिपक्ष दल एमालेले महाधिवेशन गर्दे छ ।

महाधिवेशनमार्फत पार्टीलाई एकीकृत र शक्तिशाली बनाउने एमालेको निर्णय छ । महाभिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागीको व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए ।

‘हामीले प्रत्यक्ष र अप्रत्यक्ष दुबै तरिकाले महाधिवेशनको तयारी सम्पन्न गरेका छौं । महाधिवेशनमा करिब २३ सय प्रतिनिधि र पाँच लाख जनसमुदाय सहभागी गराउने तयारी गरेका छौं,’ सहसंयोजक पाण्डेले भने । उनका अनुसार महाधिवेशन उद्घाटनको व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ । एमालेले यसअघि १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले यस महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्नेछ ।

नयाँ पत्रिका