
काठमाडौं, मंसिर ९ । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ ।
सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरेको हो ।
यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा कुन कुन क्षेत्रमा लगानी भित्र्याउ सकिन्छ त्यसको योजना काउन्सिलले गर्ने बताइएको छ ।
काउन्सिलले नेपाल र यूएईमा बस्तु आयात तथा निर्यात मात्रै नगरेर लगानी र मेगा प्रोजेक्टका योजनाहरु पनि बनाउने तयारी गर्ने बताइएकोछ ।
प्रतिक्रिया दिनुहोस्