विद्युतीय पिकअप गाडी बजारमा « Image Khabar


विद्युतीय पिकअप गाडी बजारमा



काठमाडौं । दि गो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडी ज्याक इटी एट् गाडी नेपाली बजारमा ल्याएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ले ज्याक इटीएट् गाडी सार्वजनिक गरेको हो । ज्याक इटी ८ गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्यमा पर्ने कम्पनीले बताएको छ ।

गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूल चार्ज हुने बताइएको छ । फूलचार्जमा गाडी ३०० किलोमिटर गुड्ने छ । पिकअफ एक सय १० किलोमिटर दिन्छ । ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो ।

अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडी २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ ।

चाइनिज कम्पनी ज्याक मोटर्सले उत्पादन गरेको यो गाडि नेपालमा दि गो इलेक्ट्रोनिक बिक्रि गर्नेछ । १ सय १० किलोवाट विद्युत सञ्चय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्री प्रयोग भएको छ ।

गाडीले १ सय १० किलोवाट विद्युतले ३ सय ३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ । ५ जना सम्म बस्न मिल्ने क्याबिन भएको यो गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेका छन् ।