
काठमाडौं, मंसिर ८ । सरकारले तेस्रो एशिया सेल्टर फोरमको वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ ।
शहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एशिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो ।
सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुको बारेमा छलफल हुने बताइएको छ । सबै सत्रहरुमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय संयोजक थापामगरले सम्मेलनले विभिन्न देशहरुमा हालै भएका विपद्का घटनाबाट सिकाएको पाठ, अनुभव तथा त्यसको प्रतिकार्यबारे पनि छलफल गर्ने बताउनुभयो । सम्मेलन यही मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्