Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


रेल आउने पक्का, कर्मचारीमा अन्योल


0
Shares

काठमाडौं । माघ तेस्रो साताबाट जयनगर–जनकपुर–कुर्था खण्डमा रेल संचालनमा आउने निश्चित जस्तै भएको छ । कर्मचारीको टुंगो भने लागेको छैन ।

दुई सय कर्मचारी माग गरिए पनि भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । भारतमा दुईवटा रेल सेट बनिसकेका छन् । तिनलाई ल्याउन मात्र बाँकी छ ।

रेल विभागले भने कर्मचारी भर्ना नगरे पनि रेल संचालनमा समस्या नभएको बताएको छ ।

पहिलो चरणमा एक सेट रेल नेपाल ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

‘करारमा कर्मचारी राखेर भए पनि रेल संचालनमा ल्याइने उनको भनाइ छ । ‘अब रेल आउन मात्र बाँकी छ’, उनले भने,‘रेलसम्बन्धी नियम कानुन बन्ने क्रममा छ ।’ कान्तिपुर दैनिकबाट