औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता « Image Khabar


औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता



कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको व्यवस्था गरेको हो ।

कञ्चनपुरमा औलो सार्ने खालको लामखुट्टे प्रशस्त भेटिएकाले औंलो निवारणमा थप चुनौती देखिएपछि स्वास्थ्य कार्यालयले यस्तो ब्यवस्था गरेको हो । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले औलोको अधिकांश बिरामी भारतबाट आएकाहरु छन् ।

उनीहरुले पुरा मात्रा औषधी नखादा औलो रोग नियन्त्रणमा आउन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले सन् २०२५ भित्र नेपालबाट औलो रोग निर्मुल गर्ने लक्ष्य लिएको छ । यस्तै, सन् २०२२ भित्र स्थानीय जातको औलो रोग नियन्त्रण गर्ने लक्ष्य लिइएको भनिएपनि कञ्चनपुरमा यसै वर्ष १७ जना बिरामीमा औलो रोग देखा परेको छ ।