सचिव सहसचिवलाई मन्त्रीको धम्की ! « Image Khabar


सचिव सहसचिवलाई मन्त्रीको धम्की !



काठमाडौं । मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चपदस्थहरुले सरुवा माग गर्न थालेका छन् ।

सचिव तथा सहसचिवहरुले अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले सचिव तथा सहसचिवलाई अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् , मन्त्रीहरुको अनावश्यक टर्चर धम्की र गैरकानुनी कार्य गर्ने दबाबलाई केही सचिवले अस्विकार गरेपछि मन्त्री र सचिवबीच द्धन्द्धसमेत बढ्न थालेको छ ।

तर, सचिवहरुले भने मन्त्रीका गैरकानुनी आदेश नमान्ने चेतावनी दिन थालेका छन् । केही सचिवहरुले मन्त्रीले आफूहरुलाई गैरकानुनी काम गर्न दबाब दिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिद् कार्यालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको लागि मौखिक निवेदनसमेत दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सामान्यतया सचिवकाे सरुवाकाे प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे समन्वयमा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने कानुनी प्रावधान छ । तर, पछिल्लाेपटक भने याे प्रावधानलाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रधानमन्त्री र मन्त्रीकै ठाडाे प्रस्तावमा सचिवकाे सरुवा हुँदै आएकाे छ । हाल मन्त्रीले सिचव राेज्ने गलत प्रवृत्ति हावी भएकाले धेरै प्रकारका समस्या सिर्जना भइरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्राेतले जानकारी दिएकाे छ ।

राजधानी