Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ । अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेको राप्रपाले जनाएको छ ।

जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको हो ।

सबै जिल्लाबाट आजदेखि प्रतिनिधि छान्ने भनेको प्रत्येक प्रदेशस्तरबाट सक्रिय सदस्यबीच हुने निर्वाचनबाट ९–९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधि हो । यसमा खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा चार हजार पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। भने १५ जना प्रतिनिधि विदेशबाट समेत नेपाल आउन लागेकाे राप्रपाले जनाएकाे छ । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म हुँदैछ ।

Skip This