‘आइएमई पे’ को सहयोगमा फेसन अडिसन सम्पन्न « Image Khabar


‘आइएमई पे’ को सहयोगमा फेसन अडिसन सम्पन्न




काठमाडौं । हाउस अफ फेसन नेपालले आइएमई पे को सहयोगमा शनिबार EN VOGUE –8 नामक अडिशन सम्पन्न गरेको छ ।
नेपाली कला, फेसन र प्रतिभालाई प्रवद्र्धन गर्ने उद्येश्यले हाउस अफ फेसन नेपालले बिगत वर्षहरुमा पनि विबिध प्रतियोगिताहरु संचालन गर्दे आइरहेको छ । EN VOGUE –8 वार्षिक फेसन प्रतियोगिता हो ।
गत असारमै हुनुपर्ने सो कार्यक्रम कोरोना भाइरस जोखिम नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण स्थगित गरिएको थियो । पहिलो अडिसन भने गत अप्रिल १० मा भएको थियो । प्रतियोगिताको भोटिङ पार्टनर आइएमई पे रहेको छ ।