Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


ढाड सेक्ने महँगी


0
Shares

काठमाडौं । दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्ममा नागरिकको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ ।

तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थलगायतमा छेइनसक्नु महँगी छ ।

पछिल्लो तीन महिनामा तरकारीको भाउ झन्डै पाँच सय प्रतिशतसम्म बढेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य तीन महिनामा प्रतिसिलिन्डर एक सय ७५ रुपैयाँ बढाइएको छ । त्यस्तै, आयल निगमले पेट्रालियम पदार्थको मूल्य पनि डेढ वर्षयता निरन्तर बढाइरहेको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र बजारलाई नै असर गरेको छ।

गत साउनबाट लागू हुने गरी सावैजनिक सवारीसाधनको भाडादर २८ प्रतिशत वृद्धि गरिएको छ। त्यस्तै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै वायुसेवा सञ्चालक संघले कात्तिकमा मात्रै दुईपटक गरेर साबिकको भन्दा ६ सय ६० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ।

तीन महिनाअघि एक हजार ६ सय ७५ रुपैयाँ पर्ने २५ किलोको जिरामसिनो चामल अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको छ भने किलोको एक सय २५ रुपैयाँ रहेको मुसुरोको दाल एक सय ६० पुगेको छ।

त्यस्तै, एक सय १० रुपैयाँ किलोको मस्यौरा दुई सय र ८६ रुपैयाँ प्रतिकिलोको चिनी एक सय पुर्याइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अधिकांश वस्तुको सेवा लागत बढेकाले मूल्यवृद्धि भएको बताए । उत्पादन घटेका कारण तरकारी तथा फलफूलमा महँगी बढेको मन्त्रालयको दाबी छ भने खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा अन्तराष्ट्रिय कारण देखाएको छ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक सवारी र हवाई भाडादर वृद्धि भएको बताएको छ।

नयाँ पत्रिका