काठमाडौं । एमाले नेताहरुले १० औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर, सहमपतिमा अन्य पदाधिकारी को ( को आउलान् रु १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरुको व्यवथापन कसरी होला भन्ने चासोको विषय बनेको छ ।
महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ। उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत गरे पनि खुलेका छैनन् । केही नेताले उपमहासचिव घनश्याम भुसाल अध्यक्षमा उठ्ने हुन कि भन्ने संकेत गरेका छन् । तर, उनी पनि यसबारे बोलेका छैनन् । अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरु जुटेका छन् ।
महासचिव ईश्वर पोखरेल १० औं माहधिवेशनबाट ओली नै अध्यक्ष हुने बताउँछन् । ‘यो महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ भन्ने मलाई लाग्छ,’ पोखरेल भन्छन्, ‘यो अहिलेको पार्टीको आवश्यकता पनि हो । अझै देशकै आवश्यकता हो ।’ अरु पदमा भने सरसल्लाह र समझदारीले नै टुंगो लगाइने उनी बताउँछन् ।
१० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष रावलले उम्मेदवारीबारे सल्लाह भइरहेको प्रतिक्रिया दिए । ‘नेतृत्वका विष्यमा साथीहरुसँग छलफलकै सिलसिला चलिरहेको छ,’ रावलले भने , ‘पार्टीले संस्थागत रुपमा के सोचेको छ रु त्यो पनि आउँला, अनि मात्रै निर्णयमा पुग्छु ।’
चितवनमा मंसिर १० देखि १३ गतेसम्म हुने म हाधिवेशनबाट अध्इक्षसहित १५ पदाधिकारी चुनिनेछन् । त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन् । १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमासचिव र ७ सचिवसहित ४५ स्थायी समितिको व्यवस्था नयाँ विधानले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्