
काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगसम्बन्धी आरोप माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ ।
सभामुख न्यान्सी पेलोसीले आरोपत्रहरुमा हस्ताक्षर गरेका छन् । आरोपपत्रहरु सिनेटमा पठाउने प्रस्तावको पक्षमा दुई सय २८ मत खसेको थियो भने विपक्षमा एक सय ९३ मत परेको थियो ।
पत्र पाएसँगै राष्ट्रपतिविरुद्ध महाअभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले सुरु गर्नेछ ।
विपक्षी डेमोक्रयाटहरुको बहुमत रहेको तल्लो सदनले गत महिना राष्ट्रपति ट्रम्पविरुद्धको महाअधियोग प्रस्ताव पारित गरेको थियो ।
आरोपपत्रहरुमा हस्ताक्षर गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफुहरुले इतिहास रचेको दाबी गरे ।
उनले राष्ट्रपति ट्रम्पलाई जवाफदेही बनाइने छ भन्दै भविष्यमा अब कुनै पनि राष्ट्रपतिले जो पायो त्यही गर्न सोच्ने छैनन् भने । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्