संकलित रकमबाट मृगौला प्रत्यारोपण नहुँदै बिरामीको मृत्यु, रकम पीडित परिवारलाई हस्तान्तरण « Image Khabar


संकलित रकमबाट मृगौला प्रत्यारोपण नहुँदै बिरामीको मृत्यु, रकम पीडित परिवारलाई हस्तान्तरण



भैरहवा, कात्तिक २९ । भैरहवामा मृगौला प्रत्यारोपणका लागि संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

गत असोज १७ गते दुवै मृगौला खराब भएर मृत्यु भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका २२ वर्षीय स्व. दुर्गा रानाको मृगौला प्रत्यारोपणका लागि संकलित रकम उनको परिवारलाई सोमबार हस्तान्तरण गरिएको छ ।

बेलहिया युवा सामाजिक अभियन्ता समूहले आह्वान गरेपछि उठेको ९ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।