२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पूर्व न्यायाधीश फोरमले भन्यो– ‘प्रधानन्यायाधीशको विज्ञप्तिमा अहम् देखियो’


0
Shares

काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तिमा अहम् देखिएको जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै फोरममले प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तिमा अहमता देखिएको ठहर गरेको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहले भन्नुभयो, ‘प्रधानन्यायाधीशको विज्ञप्ति हेरियो, त्यसमा अहम् सिवाय अरु केही छैन, म नै संस्था हो भन्नु गलत हो ।’

न्यायालयमा विवाद आउँद राजनीतिक दलहरु मौन बसेको फोरम अचम्मित भएको बताउनुभयो । उहाँले राजनीतिसँग आफूहरुको सम्बन्ध नहुने र आफूहरुले सोझै राजनीतिक दलहरुलाई आग्रह गर्न नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दल आफैँले बुझ्नुपर्ने हो । तर, बुझेको देखिदैंन । राजनीतिक दलहरुको मौनताले संलग्नता भएको हुनसक्ने फोरमको आशंका गरेको छ ।’

प्रधानन्यायाधीशको समर्थनमा आन्दोलन हुनुलाई अध्यक्ष सिंहले विकृतिको संज्ञा दिनुभयो । ‘प्रधानन्यायाधीशको समर्थनमा आन्दोलन हुनु र प्रधानन्यायाधीश नहट्नु विकृतिको पराकाष्टा हो,’ उहाँले भन्नुभयो, ‘संस्था विकृत हुनमा व्यक्ति जिम्मेवार हुँदा त्यसले न्याय क्षेत्रमा राम्रो नगर्ने फोरमको ठहर छ ।’

यस्तै फोरमले प्रधानन्यायाधीशले मिडियामा आएर कुनै मुद्दामो आफूले गरेको फैसलाको प्रतिरक्षा गर्नुलाई पनि गैरसंवैधानिक भनेको छ । प्रधानन्यायाधीश राणाले रञ्जन कोइरालाको घटनाको सम्बन्धमा एक टेलिभिजन कार्यक्रममा बोल्नुभएको थियो ।