Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सार्वजनिक यातायातमा मन्त्री, सचिव र महानिर्देशकको फोटो टाँसेर रचनात्मक विरोध


0
Shares

काठमाडौं । दोलखाको मुडे–चरिकोट खण्ड वर्षौदेखि अलपत्र परेपछि स्थानीय भौतिक योजनामन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिरसहितको फ्लेक्स सार्वजनिक सवारीसाधनमा टाँसेर विरोधमा उत्रिएका छन् ।

‘लगातार जनताले सास्ती पाउँदा पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्ति कानमा तेल हालेर बसे,’ मुडे–चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले भने, ‘सोही कारण प्रमुख जिम्मेवार व्यक्तिहरूको तस्बिर टाँसेर विरोध गर्न बाध्य भएका हौँ ।’

०७२ भदौमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी भारतीय कम्पनी सकिल हैदर र नेपाली कम्पनीहरू शंकरमाली–सुनौला खिम्ती जेभीले ठेक्का पाएका थिए । तर, ६ वर्ष बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

नयाँ पत्रिका