उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन « Image Khabar


उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन



काठमाडौं, कात्तिक २५ । राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ ।

बिहीवार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उहाँसहित परिवारको विवरण शंकलन गरेको हो ।

‘नेपालको राष्ट्रिय जनगणना २०७८’ आज (बिहीबार) बाट औपचारिक रुपमा शुरु भएसँगै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण शंकलन गरेको हो ।

बिहीबारबाट देशभर शुरु भएको १२ औँ जनगणनामा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना शुरु गरेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ ।

देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।