अदिप्त प्रकाशकाे कविता सङ्ग्रह ‘संवेदनाको विज्ञप्ति’ लोकार्पण « Image Khabar


अदिप्त प्रकाशकाे कविता सङ्ग्रह ‘संवेदनाको विज्ञप्ति’ लोकार्पण



काठमाडौं । कवि अदिप्त प्रकाशद्वारा लिखित कविता सङ्ग्रह ‘संवेदनाको विज्ञप्ति’ लोकार्पण गरिएको छ ।

काठमाडौंको थलीमा एक कार्यक्रमका बीच वरिष्ठ समालोचक एवं कवि प्रा.डा. रामप्रसाद ज्ञवालीले बुधबार कविता संग्रह लोकार्पण गर्नुभएको आयोजक तरेली साहित्य प्रतिष्ठान जनाएको छ ।

कार्यक्रममा थुप्रै वक्ताले कविको रचना वाचन गर्नुभएको थियो भने लोकार्पित कृतिबारे कवि प्रकाश लम्घालीको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा काठमाडौंको कर्णाली भनेर परिचित काँठ क्षेत्रमा साहित्यप्रेमी, जनप्रतिनिधि र सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो ।