Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


पूर्वप्रधानमन्त्रीद्वारा नै कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी: कसका निवासमा कति सुरक्षाकर्मी ?


0
Shares

काठमाडौं । सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् ।

पूर्वप्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधी मिचेका हुन । गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीहरुलाई नौ जनासम्म सुरक्षाकर्मी दिने ब्यवस्था छ ।

तर, पूर्वप्रधानमन्त्रीहरुले ब्यक्तिगत सुरक्षाका लागि कार्यविधि नाघेर सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मीलाई फिर्ता गर्न सकेको छैन ।

प्रहरीका निकायमा पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएको छन् । 

कसका निवासमा कति सुरक्षाकर्मी ?

पुष्पकमल दाहाल – ७७ जना

शेर बहादुर देउवा – ३८ जना

झलनाथ खनाल – १९ जना

माधवकुमार नेपाल – १७ जना

डा. बाबुराम भट्टराई – ११ जना

खिलराज रेग्मी – १० जना

लोकेन्द्र बहादुर चन्द – १२ जना 

राजधानी दैनिकबाट