१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


तीन प्रदेशका प्रमुख हेरफेर गर्न सत्तारुढ दलबीच भागवण्डा


0
Shares

काठमाडौं, कात्तिक २३ । सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गरेर आफ्ना समर्थक ल्याएका छन् ।

प्रदेश १ परशुराम खापुङ, कर्णाली प्रदेश तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रदेश १ मा अघिल्लो सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख हुनुहुन्थ्यो । यसैगरी कर्णाली प्रदेशमा प्रदेश प्रमुख रहेका गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा ओली सरकारले नियुक्त गरेको थियो ।

२०७४ माघ ३ तत्कालीन देउवा सरकारले दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो । तर ओली सरकारले खनाललाई हटाएर कलौनीलाई नियुक्त गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई ओली सरकारले ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएकोमा तत्कालीन देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो । तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरी शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो ।