Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नयाँ संक्रमितमध्ये १० प्रतिशत खोप लगाएका नै


0
Shares

काठमाडौं । कोभिडका नयाँ संक्रमितमध्ये करिब १० प्रतिशतले एक डोज खोप लगाएको पाइएको छ । हाल दैनिक संक्रमितमध्ये ७० प्रतिशत २० देखि ६० वर्ष उमेर समूहका छन् । ‘दैनिक नयाँ संक्रमितमध्ये ड देखि १० प्रतिशतसम्म खोप लगाएकाहरु छन्,’ स्वास्थय मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ‘खोप लगाएकामध्ये सामान्य स्वास्थय अवस्था भएकामा मृत्यु र रोगको गम्भीरता तुलनात्मक रुपमा एकैदमै कम भेटिएको छ ।’

अस्पताल भर्ना भएका गम्भीर संक्रमितमा खोप लगाएकाको संख्या अत्न्यत कम छ । खोप लगाएर पनि अस्पताल भर्ना भएका बिरामी भने अधिकांश दीर्घरोगी (कोमर्बिडिटी) भनिन्छ । सामान्य भाषमा भन्दा रक्तचाप, मधुमेह, दम, फोक्सोको रोग, क्यान्सर, मृगौलाको रोग, एचआईभीका बिरामीलाई दीर्घरोगी मानिन्छ ।

यस्ता बिरामीमा रोग प्रतिरोधक क्षमता (इम्युनिटी) कम हुन्छ । त्यसकारण पनि दीर्घरोगीमा संक्रमण देखिँदा गम्भीर असर पुग्छ । यस्तो जोखिम बूढापाका र गर्भवती महिलामा बढी हुन्छ । मन्त्रालयका अनुसार खोप लगाएर पनि पर्याप्त रोग प्रतिरोधक क्षमता विकास नभएका कारण जेष्ठ नागरिकहरुको मृतयु भ्एको देखिन्छ । खोप लगाएकामा देखिने अधिंकाश मृत्यु र जटिलता ‘कोमर्बिडिटी’ भएकाहरुमा देखिएको औंल्याउँदै डा.पौडेलले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइसाथ पालना गर्दै उनीहरुलाई संक्रमित हुनबाट जोगाउनुपर्छ ।’

कान्तिपुर