Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


तिहारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन


0
Shares

काठमाडौं । एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ ।

८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त रु जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ । यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् ।

सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ । यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो ।

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्यवृद्धि भएको हो ।

अध्यक्ष श्रेष्ठको यो भनाइले स्पष्ट पार्छ, सरकार उपभोक्ताको पीडा सुन्दैन, समस्या बुझ्दैन । उपभोक्ताको खल्ती’दयगत मतलब राख्दैन । बरु उल्टै मौकामा चौका दाउ हान्न खोजिरहेका व्यापारी÷व्यवसायीलाई साथ दिन्छ । सरकारी निकायले थोरै मात्र अनुगमन गर्ने हो भने पनि यति साह्रो महँगी बढ्ने थिएन ।

बजार अनुगमन गर्ने कर्मचारी नै ठूला व्यापारीको पक्षमा लाग्दा चाडबाडमा सामानको भाउ बढ्ने गरेको बताउँछन् नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर ।

‘अहिले चिनी, खाने तेल र केही भाइमसलाको मूल्यवृद्धि भएको छ, अहिले मूल्य बढाउनुपर्ने कुनै कारण नै छैन, ठूला व्यापारीको चलखेलले बजारममा मूल्यवृद्धि भएको हो,’ महासचिव तुलाधर भन्छन्, ‘सरकारले कडाइका साथ ठूला व्यापारीलाई केन्द्रित गरी बजार अनुगमन गर्ने हो भने अहिले वृद्धि भएको सबै मूल्य नियन्त्रणमा आउँछ ।’

राजधानी