२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


आक्रमणमा परी १८ शान्ति सेना घाइते


0
Shares

संयुक्त राष्ट्रसंघ, पुस २५ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् ।

मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् ।

‘संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज बिहान आक्रमण भएको खबर आएको छ । किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो’–प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए ।

उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउनेक्रममा रहेको पनि बताए । रासस/सिन्ह्वा