३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


नाइजरमा सैनिक शिविर आक्रमणमा २५ सैनिक मारिए


0
Shares

एजेन्सी । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् ।

देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।

सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।