Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


किसानलाई आत्मनिर्भर बनाउन ग्रीन हाउसमा तरकारी खेती


0
Shares

अर्घाखाँची । सन्धिखर्कमा कृषकहरुलाई तरकारी खेती प्रविधि सम्बन्धी तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जोनको आयोजनामा तीन दिने तरकारी खेती प्रविधि तालिमको आयोजना गरिएको हो ।

ग्रीन हाउसमा तरकारी खेती गर्ने नयाँ प्रविधिका बारेमा कृषकहरुलाई जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको जोनले जनाएको छ ।

जिल्लामा रहेका तीन वटा पालिकाका क्रियाशील ४५ जना कृषकहरुलाई ग्रीन हाउसमा तरकारी खेती गरेर बढीभन्दा बढी तरकारी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा तालिम दिएको हो ।

तरकारी जोनका प्रमुख बुद्धिराम भट्टराइले आगामी दिनमा थप कार्यक्रम ल्याउनको लागि पहल गर्ने बताउँदै कृषकलाई ५० प्रतिशत अनुदानमा सेमी हाइटेक, टनेल निर्माण गर्नको लागी मापदण्ड पूरा गरेका कृषकलाई अनुदान दिने जानकारी दिए ।