२७ दिनपछि ‘मन्नत’ फर्किए आर्यन « Image Khabar


२७ दिनपछि ‘मन्नत’ फर्किए आर्यन



एजेन्सी । बलिउड नायक साहरुख खानका छोरा आर्यन खान २७ दिनपछि आफ्नो घर ‘मन्नत’ फर्किएका छन् ।

एनसीबीले अक्टुबर २ तारिखमा पक्राउ गरेका उनलाई लिन साहरुख खानका बडिगार्ड रवि आर्थर रोड जेल पुगेका थिए । साहरुख खान भने छोराको पर्खाइमा जेल बाहिरको सडकमा कार भित्रै बसेका थिए । आर्यन जेलको मुख्य गेटबाट निस्किएर सिधै कारमा चढे र घर फर्किए ।

उनलाई मन्नत अगाडि सयौं फ्यानहरूले आतिशबाजी गर्दै भव्य स्वागत गरेका थिए । फ्यान र मिडियाको भीड पन्छाउन प्रहरी र साहरुखका बडिगार्डलाई हम्मे–हम्मे परेको थियो ।

मुम्बई क्रुज पार्टीमा सहभागी हुन जाँदै गर्दा आर्यनलाई एनसीबीका कर्मचारीले पक्राउ गरेका थिए । आर्यनलाई मुम्बईको उच्च न्यायलयले शर्तसहित बिहिबार जमानतमा रिहा गर्न आदेश दिएको थियो ।