Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा


0
Shares

काठमाडौं । इराक र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीका सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् ।

इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेपनि संकट थपिदैं जाँदा उनीहरुको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ ।

बैठकमा परराष्ट्रसहित, प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, गृह मन्त्रालयका खधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारीहरु सहभागी थिए । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।