Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


शिक्षित महिलासमेत बेचबिखनको जोखिममा


0
Shares

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुई जनालाई पक्राउ गर्यो ।

पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई कामाम लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी टोलीलले पोखरा १७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराका् कोल्बी नगरपालिका १ का २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस्तै मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका १० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे शनिबार भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट पक्राउ परे । उनले नृत्य सिकने क्रममा चिनजान भएकाी १९ वर्षीया किशोरीलाई भारतको बैंगलोर पुर्याई यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको आरोप लागेको छ ।

नागरिक