Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


अबदेखि फेसबुक कम्पनीको नाम ‘मेटा’


0
Shares

एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् ।

कम्पनीको नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपलगायतका सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ। सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँन लागिएको कम्पनीले जनाएको छ।

जुकरबर्गले नयाँ नामले समय बित्दै जाँदा प्रयोगकर्ताले कम्पनीका अन्य सेवाहरू प्रयोग गर्न फेसबुक चलाउनु पर्दैन भन्ने कुरा प्रतिबिम्बित गर्ने बताए।

‘हामीले एक यस्तो कम्पनी तयार गरेका छौँ, जसले प्रविधिलाई मानिसहरूसम्म लैजान्छ,’ जुकरबर्गले ‘मानिसहरूमा प्रविधिको पहुँच बढाउने र यसमार्फत ठूलो अर्थतन्त्र खडा गर्ने हाम्रो प्रयास जारी रहने छ ।’

जुकरबर्गले ‘मेटाभर्स’ निर्माण गर्ने योजनाको रहेको बताए । इन्टरनेटमा मानिसहरूले हेडसेटहरू प्रयोग गरेर भर्चुअल वातावरणमा खेल, काम र कुराकानी गर्न सक्छन् । उनकाअनुसार ‘हामीले आज गरिरहेका सबै कुरालाई सम्भावित रूपमा प्रतिनिधित्व गर्न सक्दैन त्यसैले परिवर्तन गर्न आवश्यक छ।’