२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चाँगुनारायणमा धान फुल्यो मात्रै दाना लागेन


0
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६३ वर्षीय सुमन तामाङको १० जनाको परिवार छ । किसान तामाङसँग चार रोपनी चार आनाको खेत छ । सो खेतबाट उत्पादन भएको धानले उनले १० जनाको परिवार पाल्दै आएका थिए ।

यो वर्ष बढी धान उत्पादन गर्ने लोभमा उनले स्थानीय जातको बीउ छाडेर डी वाई २८ हाइब्रिड धानको बीउ लगाएका थिए । प्रतिकिलो ७ सय ७५ रुपैयाँमा धानको बीउ खरिद गरी खेतमा रोपेका थिए ।

तर, यो वर्ष भने १० जना परिवार पाल्ने खेतमा एक दाना पनि धान उत्पादन नभएपछि अहिले उनी तनावमा छन् । वर्षभरि परिवार पाल्ने खेतमा धान नफलेपछि उनलाई अब परिवार केले पाल्ने चिन्ताले सताएको छ ।

‘डी वाई २८ हाइब्रिड धानको बीउ लगाउँदा उत्पादन धेरै हुने आशाले बजारबाट प्रतिकिलो ७ सय ७५ रुपैयाँमा खरिद गरी खेतमा धान रोपेको थिएँ तर के गर्नु धानमा एउटा दाना पनि लागेन, घाम पानी नभनेर रोपेको खेतमा दाना नआएपछि अब के गरी बाँच्ने भन्ने पिरले सताएको छ, खेतमा दाना नलागेर पूmल मात्र पूmलेको छ,’ किसान तामाङले भने ।

सोही ठाउँकी पूmलमाया तामाङ, पुम्पाङ तामाङकोे पीडा पनि यस्तै छ । उनीहरूले पनि धेरै उत्पादन हुन्छ भन्ने लोभमा स्थानीय धानको बीउ नरोपी सोही डी वाई २८ हाइब्रिड धानको बीउ रोपेका थिए । उनीहरूको अवस्था पनि सुमन तामाङको भन्दा फरक भएन ।

कृषक पूmलमायाको तीन रोपनीको खेतमा रोपेको धानमा दाना नलागेर फुलेको मात्र छ । उनले सो खेतबाट धान उत्पादन गरेर चार जनाको परिवार पाल्दै आएकी थिइन् । यसपटक धानमा दाना नलागेपछि उनलाई पनि परिवार कसरी पाल्ने चिन्ता छ ।

राजधानी