 
	    काठमाडौं । सरकारले तीन भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुनुहुन्थ्यो भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख हुनुहुन्थ्यो ।
प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
सिफारिस भएका राजदूतहरूको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
अघिल्लो सरकारले नियुक्त गरेका राजदुतलाई गत असोजमा सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै विभिन्न देशमा राजदुत पद रिक्त थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्