
एजेन्सी । बेलायत र फ्रान्सबीच माछा मार्ने क्षेत्राधिकारलाई लिएर विवाद चर्किएको बेला फ्रान्सले एउटा बेलायती माछा मार्ने डुंगालाई नियन्त्रणमा लिएको छ भने अर्को एउटालाई चेतावनी दिएको छ ।
फ्रान्सेली जलक्षेत्रमा माछा मार्न पुगेको एउटा डुंगालाई नियन्त्रणमा लिइएको जानकारी फ्रेञ्च समुद्री मामिला मन्त्री एन्निक गिरादिनले दिएकी छन् । बे अफ सिनेमा अनुमति नलिई माछा मारिरहेको अवस्थामा उक्त डुंगा नियन्त्रणमा लिइएको पनि उनले जनाएकी छन् ।
फ्रान्सले हिजो मात्रै बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको थियो । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’ लाई निषेध गर्ने बताएको हो । यस्तै फ्रान्सले च्यानल द्विपमा इन्धन आपूर्ति बन्द गर्ने चेतावनी पनि दिएको छ ।
बेलायती जल क्षेत्रमा आफ्ना डुंगालाई थप पहुँच नदिएको खण्डमा आगामी नोभेम्बर २ देखि बेलायतबाट फ्रान्स जाने विभिन्न वस्तुमा भन्सार बढाउने र बेलायती सी फुडमा पनि प्रतिबन्ध लगाउने चेतावनी पनि फ्रान्सले दिएको छ ।
बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि दुई देशबीच समुद्री जलक्षेत्र र च्यानलद्वीपमा माछा मार्ने अधिकारको विषय चर्किएको हो । बेलायले च्यानलद्विपमा युरोपेली डुंगाहरुलाई माछा मार्न प्रतिबन्ध लगाएपछि विवाद बढेको हो ।
प्रतिक्रिया दिनुहोस्