३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


भारतमा पाम तेल प्रतिबन्धित


0
Shares

काठमाडौं । भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ ।

पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो । यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ ।

चालू आवको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ ।

कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो । पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो

नेपालका लागि यो ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग हो । इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो ।

नेपालको उत्पादन नभएकाले कच्चा वस्तुदेखि निकासी हुँदासम्म यसले विभिन्न चरणका मूल्य शृंखलामा सिर्जना गर्नुपर्ने मूल्यवृद्धिको लाभ नेपाललाई थिएन । अन्नपूर्ण पोष्ट दैनिकबाट