एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण « Image Khabar


एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण



काठमाडौं । बाढीले बिस्तापित बनाएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय घरधुरीलाई गैरआवासीय नेपाली संघले राहत सामग्री उपलब्ध गरिएको छ ।

प्रत्येक घर परिवारका लागि ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला र १ थान त्रिपाल उपलब्ध गराएको छ ।

यसैगरी पीडितका लागि २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी २ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडा, टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान र छाता १ थान पनि उपलब्ध गराएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।

उहाँले जहिले पनि मातृभूमिमा समस्या पर्दा विश्वभरिका गैरआवासीय नेपालीहरूले भौतिक तथा आर्थिक रूपमा सहयोग गर्दै आएको बताउनुभयो ।