सर्वोच्चमा प्रधानन्यायाधीशको मात्र इजलास, पाँचमध्ये चारवटा रिटमा सुनुवाइ « Image Khabar


सर्वोच्चमा प्रधानन्यायाधीशको मात्र इजलास, पाँचमध्ये चारवटा रिटमा सुनुवाइ



मिरा बस्नेत
काठमाडौं । प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश रहेको सर्वोच्च अदालतमा आज चोलेन्द्रशमशेर राणाको मात्र इजलास चलेको छ ।

राणाको एकल इजलासमा आफैंले तोकेका ५ रिटमध्ये ४ वटामा सुनुवाइ भएको छ । एउटाको रिट निवदेन फिर्ता भएको छ ।

राणाको इजलासले दुई रिटमा कारण देखाऊ आदेश, एउटामा रिट खारेज र कैफियता प्रतिवेदन झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश राणाले तोकेका अरु १० वटा इजलास बसेका छैनन् ।

न्यायाधीशको अघोषित बहिष्कारका कारण दुई दिनदेखि कुनैपनि इजलास बसेका छैनन । प्रधानन्यायाधीश राणाले न्यायाधीश टंकबहादुर मोक्तान र आफ्नो छुट्टाछुट्टै एककल इजलास तोक्नुभएको थियो ।

कानुन व्यवसायीले यसअघि नै प्रधानन्यायाधीश राणाको इजलासमा बहस नगर्ने निर्णय गरिसकेका छन् ।