Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


पहिरोले न परिवार न बस्ती


0
Shares

काठमाडौं । पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन्। आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन्।

‘सर्वस्व गुम्यो। दैवले यस्तो पीडा दिँदो रहेछ’, आँसु झार्दै कलकले भने, ‘भगवान् भेटिने भए सोध्ने मन थियो– दैव किन यस्तो गर्‍यौ रु’

बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो खस्दा कलकसहित दाजुभाइको परिवारका १८ र छिमेकी नरबहादुर पार्कीको परिवारका पाँच जना बेपत्ता भएका थिए। तीमध्ये सार्की परिवारका तीन र पार्की परिवारका एक जनाको शव भेटिएको छ। बाँकीको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन्।

कात्तिक २ गते बिहान ४ बजेको थियो। दुई दिनदेखि झिमझिम वर्षा भइरहेको थियो। घरनजिकै पहिरो खस्न थालेपछि छिमेकी पार्की अँध्यारोमै परिवारका पाँच सदस्यलाई लिएर कलककहाँ आएका थिए। जसमा आमा उजलीदेवी, श्रीमती हासुदेवी, छोरा आयुस, छोरीहरू हिमा र सीमा थिए।

‘नरबहादुर काकाले घरमा दुई–तीन कट्टा खाद्यान्न छ। त्यसलाई पनि सारौं। पानी त कति दिनसम्म पो पर्ने हो भन्नुभयो’, कलकले भने, ‘हामी दुई जना चामल लिन गइरहेका थियौं। नरबहादुर काकाको घर पुगेकै थिएनौं। ड्याम्म ठूलो आवाज आयो। अँध्यारो थियो, केही पत्तो पाइएन तर सर्वस्व लगेछ।’

अन्नपूर्ण