Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग

राजीनामा नदिए अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी

0
Shares

Dr Gobinda kc hungerstrike government kp oli health education

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणा न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएर न्यायिक नैतिकताबाट च्यूत भएका भन्दै डा. केसीले राजीनामा माग्नुभएको हो ।

सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामको माग गर्दछौं ।’

राणाको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवालालाई अपिल गर्दै डा. केसीले तत्काल राजिनामा नदिए पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिनुनयो ।

कार्यपालिकालसँगको साँठगाँठमा मन्त्रिपरिषद्मा भाग मागेको, आफ्नो स्वार्थअनुकुल इजलाश र पेशी तोकेको भन्दै सोमबार सर्वोच्चकै १४ न्यायाधीश र नेपाल बार एशोसियसन पनि राणाको राजीनामा माग्ने निष्कर्षमा पुगेका छन् ।

Skip This