काठमाडौंमा भोलिदेखि एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने « Image Khabar


काठमाडौंमा भोलिदेखि एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने



काठमाडौं, कात्तिक ८ । काठमाडौं जिल्लाका ८ स्थानीय तहमा भोलिदेखि एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना निकालेर कार्तिक ९ देखि ११ गतेसम्म कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा, गोकर्णेश्वर नगरपालिकामा दोस्रो मात्रा खोप लगाउने जनाएको हो ।

काठमाडौं महानगरपालिकामा भने कार्तिक १० गतेदेखि खोप लगाइने छ । वीर, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, वीरेन्द्र सैनिक, सिभिल अस्पतालमा दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरले १८ बर्ष माथिका व्यक्तिलाई एस्ट्राजेनिकाको खोप लगाएको थियो ।