सिभिल सहकारी : बिरामी पर्दासमेत आफूले जम्म गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो « Image Khabar


सिभिल सहकारी : बिरामी पर्दासमेत आफूले जम्म गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो



काठमाडौं । मनग्य ब्याज दिने भनेपछि नेपाली सेनाका अवकाशप्राप्त प्राविधिक उपरथी डा.गौतमरत्न शाक्यले आफूसँग भएको एक करोड लगेर सिभिल सहकारीमा जम्मा गरे । दुःख बिरामी पर्दा ब्याजकै रकमले उपचार खर्च जुटाउन सकिने अपेक्षामा थिए । तर, बिरामीले थलिएर उपचार गर्न नसक्दा पनि सहकारीले पैसा नदिएपछि केही समयअघि उनले ज्यान नै गुमाउनुपर्यो ।

गौतमरत्नकी श्रमती मोहनहिरा शाक्यले भनिन् ‘उहाँले (गौतमरत्न) अचानक बेहोस हुनुभयो । हतार हतार मेडिसिटी अस्पताल पुर्यायौं मस्तिष्कमा रगत जमेको रहेछ । एक महिना उपचार गर्दा ३२ लाखको बिल उठ्यो । तिर्ने पैसा थिएन । जम्म गरेको रकम झिक्न सिभिल सहकारी गयौँ । तर, एक रुपैयाँ पनि दिएन ।’ उनका अनुसार गौतमरत्नलाई मेडिसिटीमा खर्च धान्न नसकेपछि सैनिक अस्पताल छाउनीमा लगियो । चिकित्सकहरुले दिल्ली लैजान सुझाव दिएका थिए । तर, आर्थिक अभावमा परिवारले दिल्ली लैजान सकेन ।

नयाँ पत्रिका