
काठमाडौं । चार वर्षभित्रै सकाउनेगरी पोखरा ( मुग्लिन ९० किमि ) राजमार्ग विस्तारको तयारी भइरहेको छ । अहिले सार्वजनिक सवारी चढेर पोखराबाट तीन घण्टामा सहजै मुग्लिन पुगिन्छ ।
निजी सवारीमा त अझ छिटो यो दूरी पार गर्न सकिन्छ । राजमार्ग विस्तार सुरु भएपछि यो खण्ड पार गर्न अहिलेभन्दा बढी समय त लाग्नेछ नै, यात्रा झनै सकसपूर्ण पनि बन्नेछ । विस्तार कार्य सम्पन्न नभएसम्म उक्त सकसबाट सडकयात्रीले मुक्ति पाउनेछैनन् ।
यही परिस्थितिलाई केही हदसम्म समाधान गर्ने उद्देश्यले पोखरामा क्षेत्रीय समाधान गर्ने उद्देश्यले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । कुनै अवरोध नआए आगामी वैशाख १ देखि सवमानस्थलबाट उडान सुरु गर्ने योजना बनिसकेको छ ।
पोखरा पर्यटकीय सहर भएकाले अन्यत्रको तुलनामा पोखरा-काठमाडौं रुटमा हवाई उडानहरु बढी छन् । अहिले पनि दैनिक डेढ दर्जन उडान पोखरा-काठमाडौं रुटमा हुने गर्छ । पोखराबाट-काठमाडौंबाहेकका सहरसम्म पनि उडानहरु बढिरहेका छन् । हवाई कम्पन्नीहरु पोखराबाट काठमाडौं नभई अन्य सहरसम्म उडान बढाउने योजनामा छन् ।
सडक विस्तार थालिएपछि स्थलमार्गको यात्रा झन्झटिलो र सकसपूर्ण हुने भएकाले हवाई कम्पन्नीहरुले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल ढिला जगरी सञ्चालनमा ल्याउन जोड दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्