अतिवृष्टिबाट पीडितलाई तत्काल राहत व्यवस्था गर्न ओलीको माग « Image Khabar


अतिवृष्टिबाट पीडितलाई तत्काल राहत व्यवस्था गर्न ओलीको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।

शनिबार पार्टीको वडा अधिवेशनहरूको भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले वर्षात्को मारमा परेकाहरूलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिनुभयो ।

अध्यक्ष ओलीले पार्टी भित्र उन्नत स्तरको एकता रहेको दावीसमेत गर्नुभयो । उहाँले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

ओलीले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनुभयो ।