काठमाडौं, कात्तिक ५ । युएई र ओमानको संयुक्त आयोजनामा भइरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको सुपर टुवेल्भ समीकरण पूरा भएको छ ।
पहिलो चरणबाट श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया सुपर टुवेल्भमा पुगेका छन् ।
अन्तिम छनोटमा नामिबियाले आयरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै मुख्य स्पर्धामा पुग्न सफल भएको हो । १ सय २६ रनको सामान्य चुनौती नामिबियाले १८ ओभर ३ बलमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।
जेहार्ड इरार्मसले अविजित ५३ तथा डेभिड वाइसीले १४ बलमा अविजित २८ रन जोडे । यसअघि आयरल्याण्डले ८ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।
पल स्टर्लिङ्गले ३८ रन बनाएको इनिङ्समा जान फ्राइलिंकले ३ तथा अलराउन्डर डेभिड वाइसीले २ विकेट लिए । शनिबारदेखि सुपर टुवेल्भ अर्थात् मुख्य स्पर्धाका खेलहरु शुरु हुनेछन् ।
शनिबार दुई खेल हुनेछन् । दिउँसो पौने ४ बजे अष्ट्रेलिया र दक्षिण अफ्रिका तथा बेलुकी पौने ८ बजे इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्