२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


आर्सनल एफए कपको चौथो चरणमा


0
Shares

काठमाडौं । लिड्स युनाईटेडलाई हराउँदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको तेस्रो चरणको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १–० ले पन्छायो ।

खेलमा आर्सनललाई विजयी गराउन रइस नेल्सनले ५५ औं मिनेटमा निर्णायक गोल गरे ।

आर्सनलले अब चौथो चरणमा बर्नमाउथसँग खेल्नेछ । चौथो चरणका अन्य खेलहरुमा म्यान्चेस्टर सिटी र फुल्हम तथा चेल्सी र हल सिटी भिड्नेछन् ।