२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिके राउतको घर जाने सडक कालो पत्रे नगरेको रिसमा कर्मचारीलाई अर्धनग्न बनाएर नगर परिक्रमा


0
Shares

काठमाडौं । बिहीबार दिउँसो १२ बजे संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाह आफ्नो सरुवा अर्घाखँची भइसकेकाले बिदाइको तयारी गर्दै थिए ।

‘यहाँहरुको सहयोग र साथले नै तीन वर्षदेखि जनकपुरमा बसेर काम गर्न पाएँ । यहाँहरुको सहयोग र साथ मेरो जीवनमा स्मरणीय रहनेछ,’ कुशवाह भन्दै थिए । तर, त्यहीबेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता कार्यालयमा प्रवेश गरी हुलहुज्जत गरे । कार्यालयको तलै कोठादेखि तोडफोड गर्दै माथि पुगेका सयौँ कार्यकर्ताले लाठी, चिर्पट बोकेका थिए ।

उनीहरुले सरकारी पोसाकमा रहेका कर्मचारीलाई कुटपिट गर्दै टेबल, कुर्सी तथा दराजहरु तोडफोड गर्न थाले केही कर्मचारीलाई कठालो समातेर माथिबाट तल झारे । डे्रसमा रहेका कर्मचारी मनोज अधिकारी, मनसुदन साह, कृष्ण चौधरी, रामउचित साह र महेश यादवलाई कुटपिट गरे । ‘मैले के अपराध गरेको छु, किन मलाई ष्सरी कुट्नुहुन्छ रु कृपया यसो नगर्नुस्’ भन्दै कुशवाह रोइकराइ गरे । उनीहरुसँग बिन्ती गरिरहे ।

तर, गुन्डा र आतंकी शैलीमा आएका जनमत पार्टीका कार्यकर्ताले कुरा सुनेन् । बरु उल्टै कुशवाहले लगाएको टिर्सट च्यातिदिए । कार्यलयपरिसर बाहिर ल्याएर कपडा फुकाल्न लगाई उनको जिउभरि हिलो र पानी हाल्दै घिसारेर प्रदेश सरकारको कार्यालयअगाडि सडकसम्म ल्याए ।

नयाँ पत्रिका