
काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै बिहीबार हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा बढी क्षति व्यहोरेका डोटी र बझाङका पीडितलाई भेट्दै नभेटी फर्किएका छन् । कतिसम्म भने पहिरोबाट विस्थापित पीडित नै गाउँबाट घन्टौँ हिँडेर सदरमुकाम आउँदासमेत प्रधानमन्त्री देउवाले भेट दिएनन् ।
प्रधानमन्त्री आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटीको दिपायल सिलगढी नगरपालिका ७ कोइरेलीका ३० पीडित दुःख बिसाउन बिहान भोकभोकै हिँडेर राजपुस्थित नेपाली सेनाको ५ नम्बर बाहिनी पुगेका थिए । समूहमा अधिकांश महिला थिए । दुई घन्टा पैदल र एक घण्टा नगरपालिकाले नै उपलब्ध गराइदिएको बसमा चढेर उनीहरु ११:३० बजे राजपुर पुगेका थिए । प्रभानमन्त्री ११ बजे नै ब्यारेकमा उत्रिइसकेका थिए ।
उनी भित्र सिडियो, सुरक्षा निकायमा प्रमुख, जनप्रतिनिधि र स्थानीय नेताहरुसँग छलफल गर्दै थिए । पहिरोपीडित मनभरि संगालेका दुःख प्रधानमन्त्रीलाई सुनाउन ब्यारेकबाहिर चिसो भुइँमा प्रतीरक्षारत थिए । १२ः१५ बजे प्रधानमन्त्रीले ब्यारेकधित्रको छलफल टुंग्याए तर, पीडितलाई भेटेनन् । सीभै हेलिकोप्टर चढेर बझाङका लागि उडे जब कि उनलाई ब्यारेकबाहिर पीडितहरु कुरिरहेको जानकारी गराइएको थियो।
प्रतिक्रिया दिनुहोस्